अर्थ

एनबी बैंकबाट लगानी झिक्दै बंगलादेशको आइएफआइसी बैंक

1626261542.nb ific bank.jpg

काठमाडौ‐ नेपाल बंगलादेश (एनबी) बैंकबाट विदेशी साझेदार संस्था आइएफआइसी बैंक लिमिटेड ढाका बाहिरिने भएको छ। एनबी बैंकको सोमबार बसेको ३७१औं सञ्चालक समितिको बैठकले आइएफआइसी बैंकसँग रहेको कुल ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो। 

निर्णय गरेको भोलिपल्टै (मंगलबार) बैंकले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखी संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी गराएको थियो। उक्त सेयर बिक्री गर्नका लागि लागि बैंकले संस्थापक सेयरधनीहरूलाई ३५ दिने सूचना समेत निकालेको छ।

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलका अनुसार आइएफआइसी बैंकको एनबी बैंकमा ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर रहेको छ।

नेपालमा व्यवसाय राम्रो नभएपछि विदेशी साझेदार संस्था आइएफआइसीले एनबी बैंकबाट हात झिकेको हो। एनवी बैंकमा आइएफआइसीको ४१.५१ प्रतिशत सेयर लगानी रहेको छ भने ३० प्रतिशत सर्वसाधारण र बाँकी २८.४९ प्रतिशत सेयर भने इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, दीपक कार्की र बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको रहेको छ। 

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलका अनुसार आइएफआइसी बैंकको एनबी बैंकमा ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर रहेको छ।

बैंकका अनुसार बैंकको संयुक्त लगानी सम्बन्धीसम्झौता बमोजिम बिक्रीमा रहेको संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरूको हुने भएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्नका लागि आवेदन दिन संस्थापक सेयरधनीहरुसँग आग्रह गरिएको छ। तर आवेदकहरुलाई सेयर बिक्री गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार भने सेयर बिक्रीकर्ता आइएफआईसी बैंकसँग सुरक्षित रहेको पनि बैंकले जनाएको छ। 

आइएफआइसीले एनबी बैंकसँग भएको सेयर बिक्री गर्ने कुरा बाहिर नआउँदै चौधरी ग्रुपले सो सेयर किन्ने चर्चा चलेको छ।

आइएफआइसीले एनबी बैंकसँग भएको सेयर बिक्री गर्ने कुरा बाहिर नआउँदै चौधरी ग्रुपले सो सेयर किन्ने चर्चा चलेको छ। आइएफआइसीको सम्पूर्ण सेयर किनेर एनबी बैंकलाई नबिल बैंकमा गाभ्ने र नबिललाई नै नेपालको एक नम्बरको बैंक बनाउने धुनमा चौधरी ग्रुप रहेको व्यवसायीहरूबीच चर्चा छ। 

आइएफआइसीको सेयर किन्ने विषय चौधरी ग्रुप सहमत भएको र चौधरी ग्रुपकै सहमतिमा सूचना जारी गरिएको एनबी बैंकका एक सञ्चालकले नेपाल समयलाई जानकारी दिए। ती सञ्चालकले भने, ‘सूचनामा भनिएकै छ, 'आवेदकलाई बिकी गर्ने वा नगर्ने अधिकार भने बिक्रिकर्ता आइएफआइसीको नै रहने छ भनिएको छ। यो लाइनबाट नै के प्रष्ट हुन्छ भने बिक्रिकर्ता पहिले नै निश्चित भइसकेको छ। तर सूचना औपचारिकता पूरा गर्नको लागि मात्र राखिएको हो।’

उनले सोमबार साँझ चौधरी गूपले आइएफआइसीको एनबी बैंकमा रहेको सेयर किन्ने सम्झौता भइसकेको जिकीर गरे। चौधरी ग्रुपले प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी मूल्यमा एनवी बैंकको संस्थापक सेयर किन्ने सम्झौता गरेको पनि ती सञ्चालकले जानकारी दिए। 

नेप्सेलाई बैंकले पठाएको पत्र

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको