ब्लग

मनमनै अपमान गर्ने साथीहरू नै ‘जातमा गर्व गर’ भनिरहेका छन् 

1626222723.aasis sir.jpg

काठमाडौंमा कोठा खोज्दै जाँदा पौडेल थरको घरमा पुगेछु। उनले सोधे, ‘थर के हो?’ मैले नागरिकतामा भएको थर ‘गौतम’ भनें। ती बाहुनले आफ्नै मावलतिरको नाता लगाउन थाले। मैले कोठा सरिनँ। अर्को दिन विश्वविद्यालयका एक ‘प्रोफेसर’को घरमा कोठा सोध्न पुगेछु। उनले ‘नाम के हो’ भनेर सोधे। मैले आशिष अविरल भनें। पछि उनले ‘जात के हो’ भनेर सोधे। मैले कोठा सरिनँ। 

भूकम्प आएको वर्ष एउटी नेवार्नी आन्टीको घरमा कोठा खाली छ भन्ने सुनेर गएँ। उनले पनि जात सोधिन्। नागरिकतामा आशिष गौतम छ, तर जातचाहिँ दमाई हो भनें। ती आन्टीले मलाई एकछिन खुब हेरिन्, ‘गौतम त बाहुन हुँदैनन् र?’ दमाई पनि हुन्छन् भन्दै फर्किएँ। 

एकपटक मधेसतिरका राजधानीबासी घरबेटीको घरमा कोठा सोधें। उनले केही नबोली कोठा देखाए। मन पर्‍याे। यिनले पनि जात सोध्लान् भनेर भित्रैभित्र पिरोलिएँ। उनले कोठाको भाडा दर पनि भने। चित्त बुझ्यो। अन्तिममा उनले भने, ‘भाइ हिन्दु हुनुहुन्छ कि मुस्लिम?’ 

रूपा सुनारले जस्तै मैले पनि आँटेको भए पाँच सात वटा जातीय छुवाछुत विभेदको मुद्दा दर्ता हुन्थ्यो प्रहरी कार्यालयमा। मैले दिएको उजुरीलाई प्रहरीले दर्ता गरिदिएर कानुन कार्यान्वयन गर्थे भने घरबेटीहरू प्रहरी कार्यलयमा पुग्थे पनि होलान्।

यो सोधाइ मेरा लागि बिल्कुल नयाँ थियो। धर्म सोध्ने घरबेटी पहिलोपटक फेला परेका थिए। हिन्दु भनें। उनले कोठाको चाबी दिएर बस्न भने। रूपा सुनारले जस्तै मैले पनि आँटेको भए पाँच सात वटा जातीय छुवाछुत विभेदको मुद्दा दर्ता हुन्थ्यो प्रहरी कार्यालयमा। मैले दिएको उजुरीलाई प्रहरीले दर्ता गरिदिएर कानुन कार्यान्वयन गर्थे भने घरबेटीहरू प्रहरी कार्यलयमा पुग्थे पनि होलान्। कि मन्त्री कृष्णगोपाल श्रेष्ठभन्दा अलि बुद्धि भएकाहरू आएर गुपचुपमा मिलाउन अनुरोध गर्थेे होलान्। 

तर म करियरको पछाडि कुद्न आएकाले आफूसँग भएको विभेद सहेरै काठमाडौं खाल्डोमा संगीत कर्ममा लागिरहें। जातीय छुवाछुत मैलेजस्तै धेरै दलितले भोग्नुपरेको छ भन्ने रूपा–सरस्वती काण्डले महसुस गराएको छ। दलित भएकै कारण कोठा नदिने घरबेटीसँग रूपा सुनारले जस्तै सबै दलितले विद्रोह गर्थे भने युद्ध नै हुन्थ्यो। र थाहै छ युद्धमा एकतर्फी मात्रै प्रहार हुँदैन। 

कैयौं दलित साथीहरू सहनशील भएर संघर्ष गरिरहेका छन्। कहिलेसम्म सहनुपर्ने हो थाहा छैन। कतिन्जेल चुप बस्ने? अब नि नबोले हाम्रो आउने पुस्ताले हामीलाई नै धिक्कार्छ।  रूपा–सरस्वती काण्ड अहिले सर्वोच्च अदालतमा पुगेको छ। यसैगरी अन्य जातीय छुवाछुत मुद्दा अब गाउँ समाजमा मिलाउनेतिर लाग्ने होइन सर्वोच्चमा पुग्नेगरी, पीडकलाई कठघरामा उभ्याउने गरी, निरन्तर विद्रोह गर्नुपर्ने आँटचाहिँ आएको छ। 

कोठा सर्ने सोच्यो कि अहिले पनि आँट आउँदैन। सांगीतिक क्षेत्रमा काम गरेकै २० वर्षजस्तो हुन थाल्यो। कैयौं गीतसंगीत संयोजन गरियो। तर जबजब कोठा सर्न पर्ने हुन्छ त्यसपछि जात आउँछ। आङै सिरिंग हुन्छ। आफू स्रष्टा हुन नसकेकोमा ग्लानि हुन्छ। आफ्नै कर्मप्रति निराश भइन्छ। जातिवादी मानसिकता बोकेर घरघरै जात रटेर बसेकाले आफ्नै ‘विरादरी’ खोज्छन्। 

मैले नागरिकतामा थर लेखेको छु, गौतम। जात लेखिनँ। बाहुनले पौडेल, पोखरेल, गौतम, रिजाल, खरेल, देवकोटा, खनाल लेख्छन्। बाहुन मात्र लेखे हुँदैन? एउटा दलितले परियार, नेपाली, आउजी, विश्वकर्मा, सुनार, सुन्दास, लामिछानेजस्ता थर लेख्दा छरछिमेकदेखि प्रशासनसम्मका गैरदलितलाई टाउको दुखाइ हुन्छ।

मैले नागरिकतामा थर लेखेको छु, गौतम। जात लेखिनँ। बाहुनले पौडेल, पोखरेल, गौतम, रिजाल, खरेल, देवकोटा, खनाल लेख्छन्। बाहुन मात्र लेखे हुँदैन? एउटा दलितले परियार, नेपाली, आउजी, विश्वकर्मा, सुनार, सुन्दास, लामिछानेजस्ता थर लेख्दा छरछिमेकदेखि प्रशासनसम्मका गैरदलितलाई टाउको दुखाइ हुन्छ। ‘बाहुन बन्न खोजेकोे होला नि’ भनेर चुच्चे नाक खुम्च्याउन थाल्छन्। साह्रै पीडा हुन्छ उनीहरू लाई दलितले थर लेखेकोमा। 

‘फलानोले जात ढाँट्दो रहेछ।’ हल्ला फैलाइन्छ। खिसी गरिन्छ। यिनले नामको पछाडि गोत्रअनुसारको थर लेख्न मिल्छ भने दलितले किन मिल्दैन त? अझ सरकारी कार्यलयमा त जात भन्नुस् भनेर अत्तो थाप्ने छन्। यतिसम्म कि हरेक फाराममा जात अनिवार्य खुलाउनुपर्ने व्यवस्था छ। आखिर दमाई/कामी/सार्की किन लेख्नुपर्‍यो त? तर सरकारी ढड्डादेखि फारामसम्म कोट्याइ–कोट्याइ जात लेखाउनुपर्ने किन? यतिसम्म कि प्रशासनका कर्मचारीले ‘जात नखुलाए सरकारले दिएको सुविधा पाउँदैनौ नि!’ भन्छन्।

रूपा सुनारको विद्रोहपछि सामाजिक सञ्जालमा बौद्धिक भनिएकै जमातबाट दलितले पाएको ४ प्रतिशत कोटाको विरोध भयो। चर्को बहसको विषय बन्यो। विगत एक दशकदेखि पाउँदै आएको ४० लाख दलिताई दिएको चार प्रतिशत कोटामाथि विषवमन हुन्छ भने शताब्दीऔंबाट यिनले पाएको सेवासुविधाको हिसाबचाहिँ कसले गरिदिने? त्यो खोज्ने बेला आएको छ। 

‘कोठा पनि तिमीलाई, कोटा पनि तिमीलाई’ भन्नेहरूलाई सोध्न मन लागेको छ दलितले गर्दै आएको काम किन खोसियो? पढालिखा भनिने, पण्डित्याइँ गरिहिड्ने, सरकारी अड्डाहरूमा जागिरे खाइरहनेले दलितले गर्दै आइरहेकै कामबाट किन कमाउनुपर्‍याे? सहरदेखि गाउँसम्मका गैरदलित महिलाहरु अहिले टेलर्स चलाउँछन्। हाम्रो पेसा खोसेर दाम कमाउनचाहिँ यिनलाई जात जाँदैन। तर भाडामा कोठा दिँदा भने जात जाने? 

आरक्षणका लागि जात लेख्नै पर्छ भन्ने छैन। सबै दलितले आरक्षण पाएका पनि छैनन।  गरिबीको आधारमा राज्यले आरक्षण देओस्। आजको नेपालमा पनि दलितहरु नै त छन गरिब। विश्व बैंकको रिपोर्टले ४२ प्रतिशत तन्नम गरिबीको रेखामुनि त अहिले पनि दलित नै रहेको तथ्यांक देखाएको छ। 

दमाह बजाउनेलाई दमाई भनिन्छ भनेझैं कपडा सिलाउनेलाई पनि दमाई भनिन्थ्यो। त्यही दमाईको हातको पानी चलेन। कामको आधारमा नै मान्छेको जात राखियो। त्यसो हुँदा कपडा सिलाएर बस्ने मास्टरले दमाई हुनुपर्छ। यिनलाई दमाई भन्यो भने ‘मास्टर’ भन्नुस् भन्छन्। कपडा सिलाउने ‘कालिगढ’ मास्टर हुन सक्छ। तर बीस वर्षदेखि संगीत कर्ममा लागेको आशिष अविरल ‘स्रष्टा’ हुन सक्दैन।  

आरक्षणका लागि जात लेख्नै पर्छ भन्ने छैन। सबै दलितले आरक्षण पाएका पनि छैनन।  गरिबीको आधारमा राज्यले आरक्षण देओस्। आजको नेपालमा पनि दलितहरु नै त छन गरिब। विश्व बैंकको रिपोर्टले ४२ प्रतिशत तन्नम गरिबीको रेखामुनि त अहिले पनि दलित नै रहेको तथ्यांक देखाएको छ। 

धनी दलितले किन कोटा पाउनुपर्‍यो र? मैले दलित भएर पाउनुपर्ने आरक्षण आजसम्म पाएको छैन र लिन पनि चाहिनँ। म कमाएर खान सक्नेछु भने मजस्तो दलितलाई कोटा किन चाहियो?

गरिबीक आधारमा कोटा दिदा पनि हुन्छ। त्यसो गरे त सबै जातिका गरिबले आरक्षण पाउन सक्थे। देशका कुनाकन्दराका दलित गैरदलित सबै गरिबले पाउन सक्छन्। र सबैभन्दा बढी कोटा गरिब दलितले नै पाउँथे। आखिर नेपालमा त गरिब त दलित नै छन्। धनी दलितले किन कोटा पाउनुपर्‍यो र? मैले दलित भएर पाउनुपर्ने आरक्षण आजसम्म पाएको छैन र लिन पनि चाहिनँ। म कमाएर खान सक्नेछु भने मजस्तो दलितलाई कोटा किन चाहियो? तर दलित हुनेखाने भए पनि ठूलो स्रष्टा भए पनि, प्रोफेसर भए पनि ‘अछुत’ नै हुनुपर्ने कहिलेसम्म? कोटादेखि कोठासम्म जिल्ला प्रशासनले लगाएको छापसहितको दलित प्रमाणित कागज बोकेर हिडँ्नुपर्ने कहिलेसम्म?

हिजो पेसाका आधारमा हिजो जातभात छुट्याइएको थियो। त्यही काम अहिले गैरदलितहरुले बढी गर्दै आएका छन्। अब पेसाका आधारमा जातलाई स्वीकार्ने कि  थर भनेपछि पनि जात सोधिरहने? 

जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन बनाएपछि पानी चल्ने, पानी नचल्ने, समुदाय बन्यो। मानिसलाई अत्यन्त निच, निकृष्ट र अमान्छेको दर्जामा वर्गीकरण गरेर शासन गरियो। राणाहरुले निरंकुश शासन टिकाउन यस्तो प्रपञ्च गरेका थिए। अहिलेसम्म पनि सरकारले त्यही भूमिका निर्वाह गरिरहेको छ।

प्रगतिशील गैरदलित युवा आफ्नो जातमा गर्व गर। खुलेर आऊ। तिमीहरुले अब खुल्नुपर्छ। जात नढाँट भनेर अर्तीउपदेश दिन्छन्। तर तिनले आफ्नो भान्सामा लगेर भात खुवाउन सक्दैनन्। पूजापाठ गर्दा नजिक उभिन दिँदैनन्। आफ्नो छुट्टै कित्ता बनाएर मानसिक पर्खाल खडा गर्छन्।

प्रगतिशील गैरदलित युवा आफ्नो जातमा गर्व गर। खुलेर आऊ। तिमीहरुले अब खुल्नुपर्छ। जात नढाँट भनेर अर्तीउपदेश दिन्छन्। तर तिनले आफ्नो भान्सामा लगेर भात खुवाउन सक्दैनन्। पूजापाठ गर्दा नजिक उभिन दिँदैनन्। आफ्नो छुट्टै कित्ता बनाएर मानसिक पर्खाल खडा गर्छन्। जब  सार्वजनिक स्थलमा पुग्छन् तब निकै जात विरोधी प्रगतिशील भएर देखिन्छन्। 

आफ्नो जातमाथि गर्व गर्नुस् भन्दै बाबुसाहेब, राजा, पण्डितबाजे, मालिक भएर नमस्कार पनि पाउने आस राख्छन्। र आफूलाई फाइदा लिनु छ भने ‘हामी त गोतयारी दाजुभाइ हौं’ भन्छन्। दलित भनिएका समुदायले यति क्षमता प्रस्तुत गरेका थिए कि कानुनबाट, राजकाजबाट, समाजबाट, धर्म, परम्पराबाट चौतर्फी अमान्छे बनाउन खोज्दा पनि आफ्नो क्षमता देखाइरहे। आफ्नो श्रम, सीप र सिर्जनालाई समाजमा लगाइछाडे। र मान्छे हुने प्रयासका लागि लडिरहे। तर त्यसको कहिल्यै मूल्यांकन भएन। 

नीति निर्माण तहमा पुगेको गैरदलितले दलितलाई आरक्षणको पासो थापेर जात कबुल गर्न बाध्य पारेको छ। यो कबुल भत्काउन पर्नेछ। अब जातीय विभेद अन्त्य गर्नका लागि अमेरिकामा ‘जर्ज फ्ल्योड’को समर्थनमा गोरा जातिले ‘ब्ल्याक लाइभ म्याटर’ भनेर सडकमा आएजसरी नेपालमा बाहुनक्षेत्रीले नै जातीय भेदभावविरुद्ध सडकमा आउनको विकल्प छैन। किनकि तल्लो जाति भनिएकाहरु मात्रैले आवाज उठाउँदा सदुभाव खलबल्याउन खोजेको आरोप लाग्न सक्छ। सबैले एक भएर लाग्यौं भने छुवाछुत अन्त्य हुन बेर लाग्दैन। आफ्नै नश्ल, आफ्नै गोत्यार, आफ्नै थर भएका दिदीबहिनी दाजुभाइबाट विगतको गल्तीलाई सच्याउन जरुरी छ। जातका आधारमा होइन थरको आधारमा समानता ल्याउन जरुरी छ। (आशिष अविरल संगीतकार, गायक, संगीत संयोजक, वाद्यवादक हुन्।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको