विचार

फेरि देउवा नै हुन् त?

1625997981.IMG_9117.jpg

नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा दोहोर्‍याएर पार्टी सभापति बन्न हुन्छ कि हुँदैन भन्ने विश्लेषण गर्नु यो लेखको तात्पर्य होइन। देउवा पुनः सभापति बने भने नेपाली कांग्रेस पार्टीको अवस्था कस्तो हुन्छ भनेर केलाउने प्रयास पनि गरिएको छैन। प्रयत्न यतिमात्रै हो कि जजसले पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ अन्यथा पार्टीको अवस्था नाजुक हुनेछ भनेर आवाज उठाइरहेका छन्, ती नेताहरु के गर्दैछन् भन्ने विषय खोतल्न खोजिएको छ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संस्थापन इतर पक्षका नेताहरुको बैठक शुक्रबार राजधानीको एउटा पार्टी प्यालेसमा डाके। सभापतिका उम्मेदवारहरु धेरै भएका कारण वर्तमान सभापति शेरबहादुर देउवालाई जसरी पनि विस्थापित गर्नुपर्ने मान्यताका साथ इतर पक्षबाट एकमात्र उम्मेदवार हुनुपर्ने उद्देश्य राखेर उक्त छलफल आयोजना गरिएको थियो। जम्मा भएका सबै नेताहरुले देउवाबाट नेपाली कांग्रेसको समुन्नति हुन नसक्ने निष्कर्ष निकाले र इतर पक्षबाट एकमात्र उम्मेदवार हुनुपर्ने विषयमा समेत सहमति जनाए। तर, त्यो एक उम्मेदवार आफैं हुनुपर्ने अडान पनि सबैले राखे। 

अन्य दलबाट कांग्रेस प्रवेश गरेका नेताहरुसँग पनि देउवाबाहेक अन्य नेताहरुले देउवाले जत्तिको राम्रो सम्बन्ध कायम गर्न सकेको देखिएको छैन। अन्य पार्टीका सदस्यहरुलाई दशको संख्यामा होइन, सयको हाराहारीमा होइन, हजारको संख्यामा क्रियाशील सदस्यता प्रदान गरिएको छ। यसबाट पनि जति उम्मेदवार देखिए पनि वर्तमान सभापति देउवालाई कमजोर ठानिएको छैन।

देउवा पुनः पार्टी सभापति बने भने नेपाली कांग्रेस पार्टी निकट भविष्यमै नेपालको राजनीतिक मैदानबाट शून्यमा बिलाउनेछ भन्नेहरुका आफ्नै तर्क छन्। देउवा फेरि जसरी भए पनि नेपाली कांग्रेसको सभापति बन्नैपर्छ अन्यथा आफ्नो अस्तित्व शून्यमा हराउनेछ भनेर देउवालाई नै फेरि पार्टी सभापति बनाउन कस्सिएका पनि उत्ति नै छन्। यो लडाइँका बीचमा आगामी भदौमा तोकिएको कांग्रेसको चौधौं महाधिवेशनबाट सभापति को बन्ला अझै निश्चित भइसकेको त छैन तर संस्थापन इतर पक्षका क्रियाकलापले देउवाका निमित्त केही शुभ संकेत भने दिएका छन्।

साढे पाँच वर्षअघिदेखि पार्टीको नेतृत्व सह्मालेका देउवाको पार्टीको वर्तमान संरचनाभित्र राम्रो पकड छ। राप्रपा, फोरम लोकतान्त्रिक र अन्य दलबाट कांग्रेस प्रवेश गरेका नेताहरुसँग पनि देउवाबाहेक अन्य नेताहरुले देउवाले जत्तिको राम्रो सम्बन्ध कायम गर्न सकेको देखिएको छैन। अन्य पार्टीका सदस्यहरुलाई दशको संख्यामा होइन, सयको हाराहारीमा होइन, हजारको संख्यामा क्रियाशील सदस्यता प्रदान गरिएको छ। यसबाट पनि जति उम्मेदवार देखिए पनि वर्तमान सभापति देउवालाई कमजोर ठानिएको छैन।

कमजोर त ठानिएको थियो उनका कार्यकालमा नेपाली कांग्रेसले निरन्तर भोग्नुपरेका अवनतिका क्रमहरुबाट। देउवालाई पुनः सभापति बन्न फलामको चिउरा चपाएसरह कठिन हुने अनुमान गरिएको थियो स्थानीय, प्रादेशिक र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका निर्वाचन परिणामका कारणबाट। आगामी अधिवेशनपछि देउवाले विश्राम लिने अनुमान थियो प्रतिपक्ष कमजोर भयो भन्ने निरन्तरका आरोपहरुका लहरबाट। यी सबै परिस्थिति पूर्णतः परिवर्तन हुन पुगेका छन् इतर पक्षका नेताहरुका चालचलनबाट। तथापि देउवालाई नै सशक्त उम्मेदवार बन्ने भएका छन् संस्थापन इतरका नेताहरुका बेमेलबाट।

कृष्णप्रसाद सिटौलाले रामचन्द्र पौडेललाई समर्थन नगरी देउवालाई योग्य ठहराएका कारण कांग्रेसको नेतृत्वदायी पद सभापतिमा देउवाको उदय भएको थियो। सिटौलाले पौडेललाई समर्थन गरेका भए के हुन्थ्यो, अनुमानका भरमा अहिले केही नभनौं तथापि राजनीतिक मैदानमा देखिएका परिदृश्यले देउवा एक कदम पछाडि परेका हुन्थे भन्ने आँकलन गर्न भने सकिन्छ।

अघिल्लो महाधिवेशनमा पनि देउवा बलिया उम्मेदवार बन्न सकेका थिएनन्। पहिलो चरणको सभापति पदका लागि भएको चुनावमा पचास प्रतिशत मत हासिल गर्न सकेका थिएनन्। त्यतिबेलाका तेस्रो स्थानको मत प्राप्त गरेका उम्मेदवार कृष्णप्रसाद सिटौलाले रामचन्द्र पौडेललाई समर्थन नगरी देउवालाई योग्य ठहराएका कारण कांग्रेसको नेतृत्वदायी पद सभापतिमा देउवाको उदय भएको थियो। सिटौलाले पौडेललाई समर्थन गरेका भए के हुन्थ्यो, अनुमानका भरमा अहिले केही नभनौं तथापि राजनीतिक मैदानमा देखिएका परिदृश्यले देउवा एक कदम पछाडि परेका हुन्थे भन्ने आँकलन गर्न भने सकिन्छ।

सिटौला सधैं कोइराला क्याम्पमा बसेर राजनीतिमा आफ्नो भविष्य निर्माण गर्दै आएका नेता थिए। अघिल्लो महाधिवेशनमा कोइरालाहरुको विरासत वरिष्ठ नेता रामचन्द्र पौडेलले बोकेर चुनावी मैदानमा होमिएका थिए। त्यसैले पनि दोस्रो चरणको निर्वाचनमा नेता सिटौलाको सहयोग आफूले पाउनेमा पौडेल ढुक्क थिए तर समयले त्यस्तो गरेन। पौडेलले सिटौलाको साथ लिन सकेनन् या सिटौलाले पौडेललाई रुचाएनन् – जितिसकेको चुनावबाट वरिष्ठ नेता पौडेलले हात धुनुपरेको थियो।

अहिले पनि नेपाली कांग्रेसको वर्तमान नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा राख्नेहरुको समूहमा पौडेल, सिटौला, कोइरालाहरु, सिंह, केसी लगायतका नेताहरु पर्दछन्। सबैको मत एकै ठाउँमा हुने हो भने वर्तमान सभापति देउवालाई यो महाधिवेशन फलामे ढोकाजस्तै हुनेछ। तथापि विगतको अभ्यासले पौडेल र सिटौलाका बीचमा पूर्णतः विश्वासको वातावरण बनिसकेको पाइँदैन। त्यसैमा पनि यही समूहबाट उदाएका सात–आठ सभापतिका उम्मेदवारले आफूबाहेक अर्कोलाई योग्य र सशक्त देख्न सकेको देखिएको छैन।

एकजना विमलेन्द्र निधि त्यहाँबाट बाहिरिएको र अर्का पाका नेता गोपालमान श्रेष्ठले घुर्क्याएका बाहेक अरु कुनै अप्ठेरोमा देउवा अल्झिन परेको छैन। पहिल्यै कमजोर बनेको समूहमा सभापति पदका आकांक्षी बढीभन्दा बढी निस्कनु र देउवाको समूहमा त्यस्तो नदेखिनु उनका लागि खुसीकै विषय हो।

यही कारणले पनि सामान्य लोकमैदानमा देउवाको जतिसुकै आलोचना हुने गरे पनि पार्टीको संरचनाअनुसारका पार्टीका मतदाता हुन सक्ने कार्यकर्ताहरुलाई आफ्नै वरिपरि घुमाएर राख्ने कुरामा पार्टीका अरु नेता भन्दा देउवा नै अगाडि देखिएका छन्। एकजना विमलेन्द्र निधि त्यहाँबाट बाहिरिएको र अर्का पाका नेता गोपालमान श्रेष्ठले घुर्क्याएका बाहेक अरु कुनै अप्ठेरोमा देउवा अल्झिन परेको छैन। पहिल्यै कमजोर बनेको समूहमा सभापति पदका आकांक्षी बढीभन्दा बढी निस्कनु र देउवाको समूहमा त्यस्तो नदेखिनु उनका लागि खुसीकै विषय हो।

राजनीतिमा समर्थन मात्रै समर्थन हुँदैन। विरोध गरेर पनि समर्थन गर्न सकिन्छ। पार्टी सभापति देउवाका लागि अहिलेसम्मको अवस्थामा समर्थकहरुको आवश्यकता त्यति धेरै देखिएको छैन। बीसौं वर्षदेखि आफ्नो समूहमा गोलबद्ध बनाएर राखेका र सभापति भइसकेपछि अर्को समूहबाट भित्राएकाहरुलाई यताउता विचलित हुन दिएका छैनन्। उनलाई अहिलेको आवश्यकता भनेको उनका बढीभन्दा बढी विरोधीहरु निस्केर सभापतिको चुनावमा मैदानमा होमियून् – त्यो पनि संस्थापन इतरका पक्षबाट। अर्को पक्षबाट देउवालाई विरोध गर्नेहरुलाई पक्कै पनि देउवाको समर्थन हुने नै छ।

देउवाको यो इच्छालाई संस्थापन इतर पक्षले राम्रैसँग मलजल गरिरहेकोे देखिएको छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइरालाजस्ता सबै हस्ती निर्वाचन लडेपछि कसरी नेतृत्व परिवर्तन सम्भव होला र? त्यसमाथि नेता सिटौलाको भूमिका के हुने भन्ने त यो समूहलाई पनि थाहा छैन। यी सबै चुनाव लड्ने भए म पनि अर्को प्रत्यासी हुन्छु भनेर नेता अर्जुननरसिंह केसीले भनिरहेका छन्। कहिलेकता नेत्री सुजाता कोइरालाको पनि आकांक्षा रहेको समाचार प्रकाशित हुने गरेका छन्।

‘साठी वर्षभन्दा बढी राजनीति गर्नुभयो। हामीभन्दा वरिष्ठ हुनुहुन्छ। आजसम्म तपाईंलाई कुनै दाग लागेको छैन। उमेर पाको भए पनि अझै राजनीतिमा सक्रिय हुनुहुन्छ। जनतासामु कांग्रेसको सिद्धान्त र आदर्शका सम्बन्धमा आफ्ना विचार प्रस्तुत गर्न सक्षम हुनुहुन्छ। तपाईंको स्वरुपले पनि एउटा समाजवादी नेताको झल्को दिएर जनतालाई प्रभाव पार्न सक्दछ। ठिकै छ तपाईं नै निर्वाचन लड्नुहोस्, हामी समर्थन गर्छौं’ भनेर सबैले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहजै भन्लान् भन्ने अहिलेसम्मका नेताहरुको अडानले देखाएको छैन।

‘तपाईंले सभापतिको उम्मेदवार हुने घोषणा गरेर जिल्ला भ्रमण गर्न थालेको तीन चार वर्ष भइसक्यो। कार्यकर्तामाझ एउटा राम्रो छवि निर्माण गर्न सफल हुनुभएको छ। पार्टी र सरकार दुवैमा अनटेस्टेड फिगरका रुपमा हुनुहुन्छ। युवालाई समेटेर कांग्रेसलाई सशक्त पार्टी बनाउने उद्घोषका साथ अघि बढ्नुभएको छ। एकपटक मात्रै सभापति बन्छु र सभापति भएपछि प्रधानमन्त्री दाबी गर्दिन भन्नुभएको छ। हुन्छ नि त, तपाईं नै हाम्रो समूहबाट एकल उम्मेदवार हुनुहोस्’ भनेर डा. शेखर कोइरालालाई सबै नेताहरुले निःस्वार्थ समर्थन गर्ने परिस्थिति पनि देखिएको छैन।

‘तपाईं लौहपुरुष गणेशमान सिंह र मंगलादेवीको सुपुत्र मात्र होइन। तपाईंले विरासतका आधारमा मात्र नेतृत्व दाबी गरेको होइन। विद्यार्थी जीवनदेखि राजनीति गर्दै आएर जेलनेल भोग्दै कांग्रेसको राजनीतिमा छुट्टै छवि निर्माण गर्नुभएको छ। यो चौधौं महाधिवेशनमा तपाईं नै सभापति बन्नुहोस्’ भनेर संस्थापन इतरका सबै नेताले प्रकाशमान सिंहलाई सहजै उम्मेदवार बनाउने परिस्थिति निर्माण हुन सकेको पनि छैन।

‘एक कार्यकाल महामन्त्री चलाउनुभयो। नमिठो बोलेर कसैको चित्त दुखाउनु हुँदैन। नेपाली कांग्रेसका संस्थापक एवं विचारक सर्वप्रिय बीपी कोइरालाका सुपुत्र तपाईं नै हो र यसका कारण मतदाताहरुको सेन्टिमेन्ट तपाईंतिर जान सक्छ। त्यसैले नेतृत्व परिवर्तन गर्ने सन्दर्भमा तपाईं नै हाम्रो समूहको नेता बन्नुहोस्’ भनेर वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई मैदान खाली होला भन्ने पनि कसैले अनुमान गरेका छैनन्।

कुनै न कुनै आधार निर्माण गरेर एक मात्र सभापतिको उम्मेदवार बनाई संस्थापन इतर पक्ष निर्वाचनमा होमिएन भने कांग्रेसमा नेतृत्व परिवर्तन भन्ने कुरा स्वैरकल्पना मात्रै हुने निश्चित छ। यी सबै क्रियाकलापले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई नै निर्विकल्प बनाउँदै लगेको भन्न कुनै आइतबार कुर्नु पर्दैन।

कुनै एक नेताले पार्टी सभापति फलानो, सभापति ऊ भए राष्ट्रपति फलानो, प्रधानमन्त्री यो नेता, उपराष्ट्रपति त्यो नेता, महामन्त्री यो, उपसभापति त्यो भनेर सहमतिमा ल्याउने प्रयास गरेको पनि देखिएको छैन। कुनै न कुनै आधार निर्माण गरेर एक मात्र सभापतिको उम्मेदवार बनाई संस्थापन इतर पक्ष निर्वाचनमा होमिएन भने कांग्रेसमा नेतृत्व परिवर्तन भन्ने कुरा स्वैरकल्पना मात्रै हुने निश्चित छ। यी सबै क्रियाकलापले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई नै निर्विकल्प बनाउँदै लगेको भन्न कुनै आइतबार कुर्नु पर्दैन।

होइन भने पार्टीभित्रको आफ्नो क्रियाशीलता, पार्टी सदस्यहरुका माझमा आफूले निर्माण गरेको छवि, आफ्नो वैचारिक धरातल, विपक्षी पार्टीहरुले समेत गरेको आफूप्रतिको मूल्यांकन, आफूले निर्वाचन जित्न तयार गरेका आधारशिलाहरुको स्वमूल्यांकन गरी निर्वाचनबाट बाहिरिने र एकले अर्कोलाई समर्थन गर्दै उम्मेदवारहरुको कटौती गर्ने तर्फ यो समूह लागेको हुनुपर्ने हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट
सर्वाधिक पढिएको