समाचार

कर्णालीको सत्ती पुल भासिँदा आवागमन बन्द

1624710708.FB_IMG_16247042046916108.jpg
कर्णाली नदीको बहावले भासिएको कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल। तस्बिर : रासस

नेपालगन्ज– कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल भासिएको छ। कटान हुन थालेपछि पुलमा आवागमन बन्द गरिएको छ। नदी कटान रोक्नका लागि प्रयास भइरहेको  स्थानीय भीम विकले बताए।

पुल निर्माण भएसँगै राजापु क्षेत्रका भागमा नदीले हरेक वर्षा कटान गर्दै आए पनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन। पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो।

हुलाकी राजमार्गअन्तर्गतको पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए। उनले भासिएको स्थानमा मरमत प्रयास भइरहेको बताए। रासस 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको