समाचार

मेलम्ची नगरपालिकाले गर्‍यो सहयोगको अपिल

1623990982.melamchi badi photo (18).jpg

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीपीडितका लागि भन्दै मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष स्थापना गरेकोे छ।

असार १ गते राति आएको बाढीले मेलम्ची नगरपालिकालाई अकल्पनीय क्षति भएको र भएका सबै संरचना बगाएको भन्दैै तिनको पुनर्निर्माणका लागि नगरपालिकाले कोष स्थापना गरेको हो।

कोषमा नगरपालिकाले ५० लाख जम्मा गरी  सहयोगी मनहरूलाई सहयोगका लागि पनि अपिल गरेको छ।

मेलम्चीमा आएको भीषण बाढीले नगरपालिकाका ६, १० र ११ नम्बर वडामा ठूलो क्षति भएको छ।

नगरपालिकाले संकटको घडीमा सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, सरकारी एवम् गैर–सरकारी संघसंस्थालाई सहयोगका लागि अपिल गरेकोे होे।

सहयोग गर्न चाहनेहरूले नेपाल बैंक लिमिटेड मेलम्ची शाखामा रहेको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा सहयोेग रकम जम्मा गर्न सक्ने छन्।

सहयोगबापत् जम्मा भएको रकम पारदर्शी एवम् निष्पक्ष ढंगबाट परिचालन गरिने  नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको