विचार

लाएर माया मुटु रित्तिँदैन 

1618313765.jpg

भित्तामा झुन्ड्याइएको पात्रो फेरि फेरिएको छ। भित्तो उही छ। पोहोर यसपालि जस्तो थिएन। अर्को साल यसपालि जस्तो पक्कै हुँदैन। वनस्पतिका पाउलाझैं समयको रूप बदलिरहन्छ। समयले मात्र हैन, बाटोले पनि मानिसलाई बुढ्याउँछ। एउटा फुच्चे त्यही बाटो हिँड्दाहिँड्दा दाजु, काका, हजुरबा हुँदै महायात्रामा निस्कन्छ। 

इच्छा नलागेको खान्न भन्न पाइन्छ, नराम्रो लागेको लाउँदिनँ भन्न स्वतन्त्रता रहन्छ तर बूढो हुन्न भन्न पक्कै पाइन्न। जसरी भाले नबासेर बिहान हुन छोड्दैन, त्यसरी नै मानिसले मान्नु नमान्नुमा प्रकृतिका नियम फेरिँदैनन्। कसैले नाडीको घडी बाँध्नु नबाँध्नुमा समयको मूल्य मापन हुन सक्दैन। आखिर सबैलाई थाहा छ– बिग्रेको घडीले पनि दिनमा दुई पटक ठीक समय दिएकै हुन्छ नि।

आस्था विनाको जीवनले आफ्नो मूल्यबोध गर्न सक्दैन। जुन जीवनको मूल्यबोध हुँदैन, त्यो जीवन निरर्थक हुन्छ। आस्था हृदयमा पाक्ने बाली हो। यसलाई आपैंmले भित्र्याउन सक्नुपर्छ। आस्थाविनाको हृदय पत्रे चट्टानको अर्को रुप हो। यस्तो हृदयमा न कसैसित प्रेम हुन्छ, न ममता हुन्छ, न दया हुन्छ, न त कसैप्रति श्रद्धा। आस्था नै प्रेमको मूल हो र विवेकको जननी। ढुंगालाई ईश्वरको कोटीमा पुर्‍याउने त्यही श्रद्धा र विश्वास नै होइन र? 

समय नामको लगाममा हामीले यी तमाम कर्तव्यलाई मंसिरे खलो रित्याएझैं रित्याएका हुन्छौं। जब कर्तव्य आडम्बर र पाखण्डपूर्ण सकुनी जालमा फस्छन्, त्यतिबेला मानवीय जीवन आफूले रचेको चक्रव्यूहमा महाभारत पात्र अभिमन्यु जेलिएजस्तै जेलिन पुग्छ।

सम्पूर्ण मानवीय जीवन भाव, भक्ति र समर्पणको एउटा खेती हो। समय नामको लगाममा हामीले यी तमाम कर्तव्यलाई मंसिरे खलो रित्याएझैं रित्याएका हुन्छौं। जब कर्तव्य आडम्बर र पाखण्डपूर्ण सकुनी जालमा फस्छन्, त्यतिबेला मानवीय जीवन आफूले रचेको चक्रव्यूहमा महाभारत पात्र अभिमन्यु जेलिएजस्तै जेलिन पुग्छ। 

सत्यभन्दा ठीकलाई हामीले हाम्रो आदर्श ठानेका छौं। आइतबार निश्चय नै हामीले मान्दै आएको शनिबारको भोलिपल्ट आउँछ। यो त मान्यता हो। तर पानीले आगो निभाउने यथार्थ माने पनि नमाने पनि शाश्वत सत्य हो। संसारमा जब विचारको अवसान हुन्छ, त्यहाँ जीवन निमिट्यान्न हुन्छ। 

अमेरिकी राष्ट्रपतिका प्रत्यासी अल गोरले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भनेको सत्य सम्झनलायक छ। उनले भनेका थिए, ‘नाराले कहिल्यै आगो बाल्दैन, आगो बाल्न त इन्धन चाहिन्छ।’ कस्तो उत्तम विचार! सत्य बोल्न पनि आखिर साहस चाहिने रहेछ नि! हामीलाई आफ्नोपनमा पटक्कै विश्वास छैन। अरूले राम्रो भनिदिएपछि ‘राम्रो’ को मापन हुन्छ। शान्त, सौम्य, पराक्रमी त्यसमाथि बुद्धका देशको जनताको नियति हो– जहाँ दूध किन्न लाइन लाग्नुपर्छ तर रक्सी पिउन र किन्न चौबीसै घण्टा छुट छ। आफ्नो ढिँडो खाएर माक्र्स, लेनिन, माओ, गोन्जालो, सद्दाम हुसेन र फिडेल क्यास्ट्रोको जिन्दावाद–मुर्दावादमा उफ्रिन लगाउनु हाम्रो राजनीतिले सिकाएको संस्कार हो। तर यहाँ रोल्पाको रगत, जुम्लाको अभाव र तराईको डुबानले कसैलाई पोल्दैन। 

अंग्रेजी मूलका टोनी हेगनले हाम्रो देशको भूगोल नखुट्याइदिएको भए अहिले पनि हामी रनभुल्लमै पर्ने थियौं। त्यो गुन नेपालीले सात जन्ममा तिर्न सम्भव छैन। बुद्ध, एरिस्टोटल, प्लेटो कसैको वाद थिएन। समूह थिएन। न त झण्डा थियो। तैपनि विचारका लागि बाँचेर उनीहरू पूज्य भए। जब राजनीतिमा विवेकको गुन्जायस हुन्न, त्यहाँ सुखद बिहानी च्यातिने पक्का छ। धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दाराख्दै पनि मोह त्याग्न नसक्दा महाभारत युद्ध भएर एउटा दर्दनाक अवस्था आएको धार्मिक इतिहास साक्षी छ। 

हामीले वेद, पुराण, महाभारत र रामायणका थुप्रै अध्याय सुन्यौं, पढ्यौं। तर त्यहाँभित्रका राम्रा पक्षलाई आफ्नो जीवनमा अनुवाद गर्न सकेनौं। हिंस्रक, पापी, असत्यवादी, निर्दयी व्यक्ति बुद्धको अनुहार लिएर जन्मँदैमा ऊ शान्तिकामी बन्न सक्दैन।

स्वतन्त्रता र अधिकार कसैबाट बकसमा प्राप्त हुने वस्तु होइन। हामीले वेद, पुराण, महाभारत र रामायणका थुप्रै अध्याय सुन्यौं, पढ्यौं। तर त्यहाँभित्रका राम्रा पक्षलाई आफ्नो जीवनमा अनुवाद गर्न सकेनौं। हिंस्रक, पापी, असत्यवादी, निर्दयी व्यक्ति बुद्धको अनुहार लिएर जन्मँदैमा ऊ शान्तिकामी बन्न सक्दैन। न त चार्ली च्याप्लिन र दुर्वासाको सहयात्रा कल्पना गर्न सकिन्छ। क्रियाशील जीवनबाट नै सार्थक उपलब्धि हात लाग्छ। जसरी चलिरहेको ढुंगोमा लेउ लाग्न पाउँदैन, मानव क्रियाकलाप पनि त्यस्तै हो। मुख बाउँदैमा अजिंगरको मुखमा हरिण आएर कहिले पो पस्थ्यो र? त्यसका लागि प्रयास अपरिहार्य छ। नत्र भन्न नहुने कथा र गाउन नमिल्ने गीतको बन्धकभित्र सधैं बाँधिनुको विकल्प छैन। त्यसैले भनिन्छ– कार्यशील जिन्दगी बगिरहने नदी हो। 

एक दिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो– ‘तपाईंको तस्बिर म त केही बुझ्दिनँ।’ उनले स्वाभाविक उत्तर दिए, ‘चिनियाँ भाषा सायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढी यही भाषा बोल्छन्।’ हो, राजनीतिको भाषा थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने एउटै भाषा छ। त्यो हो, हाँसो। सम्भवतः यो सत्यलाई सबैले आत्मसात् गरिदिए विश्वको नक्सा यस्तो हुने थिएन होला।

भनिन्छ– राम, कृष्ण, बुद्ध, क्राइस्ट सबै पहिला त मानिस नै थिए। उनीहरूको असामान्य व्यक्तित्वले गर्दा सामान्य व्यक्तित्वले भगवान्को प्रतिष्ठामा पुर्‍याए। युगौंदेखि यसरी मानिस नभइसकेका मानिसले आफू मानिस भइरहने चाल चले।

नवपालुवाहरूले छोपेपछि बूढा पात झर्छन्। सृष्टिको सत्य यही हो। सेकेन्ड मिनेटमा अन्त्य हुन्छ, मिनेट घण्टामा, घण्टा दिनरातमा, दिनरात महिनामा, महिना वर्षमा, वर्ष शताब्दीमा र शताब्दी युगयुगमा। समयको चक्रभित्र जीवन र जगत् छ। जीवनजगत्को यस विराट् सिर्जनाभित्र राम पनि छन्, रावण पनि छन्। कृष्ण र कंस दुवै छन्। गान्धी र हिटलरको अस्तित्व छ। समयका अनेक मोड छन्, युद्ध छ, भुइँचालो छ, आँधी–तूफान छ, ज्वालामुखी छ, खडेरी छ। जानी नसक्नु बुझिनसक्नु छ समयको चरित्र। भनिन्छ– राम, कृष्ण, बुद्ध, क्राइस्ट सबै पहिला त मानिस नै थिए। उनीहरूको असामान्य व्यक्तित्वले गर्दा सामान्य व्यक्तित्वले भगवान्को प्रतिष्ठामा पुर्‍याए। युगौंदेखि यसरी मानिस नभइसकेका मानिसले आफू मानिस भइरहने चाल चले। 

भन्न त हामी भन्छौं– अहिले हामी आधुनिक सभ्य, शिष्ट र विकासको संसारमा छौं। तर के हामी निर्ढुक्क छौं? के हामी सुरक्षित छौं? के हामीलाई एकापसमा विभाजित नगर्ने विश्वास छ? मानव सभ्यताको प्रारम्भदेखि नै थुप्रै प्रश्न उत्तर शून्य भएर टोलाएका छन्। मानिसभित्र स्वार्थ, महत्त्वाकांक्षा र अस्थिरताले गर्दा मान्छे बन्ने मान्छेको प्रयास अहिलेसम्म प्रयासमै सीमित देखिन्छ। स्थिरता र आस्थाले बरु ढुंगो देवता भयो। आफ्नो आदर्श, परम्परा र संस्कृति भत्काउन जति सजिलो छ, तिनबाट हुने भीषण विकृतिबाट आफ्नो मुलुकलाई बचाउन फलामको चिउरा चपाउनभन्दा कठिन छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट
सर्वाधिक पढिएको