प्रविधि

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न पाइने

1614064252.jpg

काठमाडौं– फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न लगाएको प्रतिबन्ध हटाएको छ।

फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने बनाएको हो। त्यहाँ प्रस्तावित एक कानुनको विरोधमा गत बिहीबारदेखि फेसबुकले आफ्नो प्लेटफर्ममा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो।

उक्त कानुनमा गुगल र फेसबुकले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो।

फेसबुक र अस्ट्रेलियाको सरकारबीच भएको सम्झौतापछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको बताइएको छ।

ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।

फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू विश्वस्त भएको बताएको छ।
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको